सप्तरीमा फरार चार प्रतिवादी पक्राउ, अदालतमा बुझाइयो
5 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, बैशाख २४ गते । सप्तरी प्रहरीले विभिन्न मुद्दामा अदालतबाट सजाय सुनाइएपछि फरार रहेका चार जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाएको छ। फैसला कार्यान्वयन अभियानअन्तर्गत उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रहरीका अनुसार ठगी मुद्दामा एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सजाय पाएका दुर्गानन्द झा उर्फ “गुड्डु” पक्राउ परेका छन्।
त्यस्तै, आपराधिक उपद्रव मुद्दामा दुई महिना कैद तथा पाँच हजार रुपैयाँ जरिवाना सजाय सुनाइएका अमरेन्द्रप्रसाद यादव लाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

कुटपिट मुद्दामा जनही दुई–दुई महिना कैद तथा पाँच–पाँच हजार रुपैयाँ जरिवाना सजाय पाएका देवकुमार मण्डल र दिपेन्द्र मण्डल समेत पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको टोलीले सप्तरी जिल्ला अदालत राजविराजबाट सजाय फैसला भएका चारै जना प्रतिवादीलाई पक्राउ गरी बिहीबार अदालतमा दाखिला गरिएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरी ले जानकारी दिनुभयो।
कमेन्ट गर्नुहोस्
view comments