पूर्वविशिष्टको विदेश उपचार खर्चविरुद्ध सर्वोच्चमा रिट

5 घन्टा पहिले प्रकाशित

काठमाडौं, बैशाख २४ गते ।  पूर्व विशिष्ट पदाधिकारीहरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट गैरकानुनी रूपमा खर्च लिएको आरोपसहित सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। अधिवक्ता सरोज न्यौपानेले बिहीबार दायर गरेको रिटमा पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओलीझलनाथ खनाल तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला लाई विपक्षी बनाइएको छ।

रिट निवेदनमा स्वदेशमै उपचार सम्भव हुँदाहुँदै मन्त्रिपरिषद्को निर्णयमार्फत विदेशमा उपचार गराई राज्यकोषबाट खर्च लिने कार्य कानुनविपरीत भएको दाबी गरिएको छ। निवेदकले यस्तो सुविधा जनस्वास्थ्य ऐन, २०७५ को मर्मविपरीत रहेको उल्लेख गरेका छन्।

२०७५ सालमा जनस्वास्थ्य ऐन लागू भएपछि यस्ता खर्चमा रोक लगाइएको भए पनि पछिल्ला कार्यविधिहरूको आधारमा विशिष्ट पदाधिकारीहरूले विदेशमा उपचार गराउँदै आएको विषय पुनः विवादमा आएको हो।

यस सम्बन्धी रिटको प्रारम्भिक सुनुवाइ शुक्रबारका लागि तोकिएको सर्वोच्च अदालत स्रोतले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?