धनुषामा चितुवा आक्रमण: एकजना किसान घाइते

1 दिन पहिले प्रकाशित

जनकपुरधाम, २३ वैशाख । धनुषा जिल्लामा चितुवाको आक्रमणबाट एक स्थानीय बासिन्दा घाइते भएका छन्। मिथिला नगरपालिका–७, केमलीपुरका ४८ वर्षीय किर्तिमान विक बिहीबार बिहान खेतमा लगाएको तारजालीको बारमा फसेको चितुवा हेर्न गएका बेला आक्रमणमा परेका थिए। आक्रमणपछि उनी गम्भीर घाइते भएका छन्।

घाइते विकको ढल्केबरस्थित निजी स्वास्थ्य केन्द्रमा उपचार चलिरहेको छ। चितुवा अझै तारजालीमै फसेको अवस्थामा छ भने उद्धारका लागि वन कार्यालयका पदाधिकारी र प्रहरी टोली घटनास्थलतर्फ जाँदै छन्। इलाका प्रहरी कार्यालय ढल्केबरले चितुवालाई सुरक्षित उद्धार गरी वन क्षेत्रमा छोड्ने तयारी गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?