लिपुलेकसहित सीमा विवादमा नेपाल सरकारको स्पष्ट अडान, ‘यो हाम्रो भूमि हो’
2 घन्टा पहिले प्रकाशित
काठमाडौं, बैशाख २१ गते । काठमाडौँमा नेपाल सरकारले लिपुलेकसहितका सीमा विवादित क्षेत्रलाई लिएर आफ्नो अडान पुनः स्पष्ट गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले ती क्षेत्र नेपालको भूमि भएको विषयमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै परराष्ट्र मन्त्रालयले यसअघि नै आधिकारिक धारणा सार्वजनिक गरिसकेको जानकारी दिएका छन्।
उनका अनुसार सीमा विवाद अब कूटनीतिक संवाद र दुई देशबीचको सहकार्यमार्फत समाधान खोजिने विषय हो। भारततर्फबाट आएको भनिएको अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै उनले नेपालले कुनै सीमा विस्तारको प्रयास नगरेको स्पष्ट पारे। साथै, मन्त्रालय गाभ्ने चर्चाबारे अहिले मन्त्रिपरिषद्मा ठोस निर्णय नभएको तर प्राविधिक तथा कानुनी अध्ययन जारी रहेको पनि उनले बताए। सञ्चारकर्मीको पहुँचसम्बन्धी प्रश्नमा उनले व्यवस्था कडा नभई थप व्यवस्थित बनाउने प्रयास गरिएको स्पष्ट पारे।
कमेन्ट गर्नुहोस्
view comments