मलेसियाबाट २५ दिनपछि घर आयो मञ्जय सदाको शव, कम्पनीले बेहो¥यो सम्पूर्ण खर्च

4 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, बैशाख २१ गते ।  मलेसियामा मृत्यु भएका सप्तरीको विष्णुपुर गाउँपालिका–६ गोरगामाका ३२ वर्षीय मञ्जय सदा को शव २५ दिनपछि सोमबार बिहान घर आइपुगेको छ। क्वालालम्पुरस्थित नेपाली दूतावासको पहलमा शव नेपाल ल्याइएको हो। परिवारका अनुसार सोमबार नै अन्त्येष्टि गरिने तयारी गरिएको छ। सदा करिब १२ वर्षअघि रोजगारीका लागि मलेसिया गएका थिए र त्यहाँ विभिन्न कम्पनीमार्फत काम गर्दै आएका थिए।

पाँच साताअघि अचानक बिरामी परेका उनलाई केलाङस्थित अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उपचारकै क्रममा चैत २६ गते मृत्यु भएको थियो। उपचार खर्च जुटाउन नसक्दा शव लामो समयसम्म उतै रोकिएको थियो। पछि नेपाली दूतावासको समन्वयमा उनी कार्यरत कम्पनीलाई सम्पूर्ण खर्च बेहोर्न लगाई कास्केटमार्फत शव स्वदेश पठाइएको हो। यो घटनाले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको जोखिम र समस्यालाई पुनः उजागर गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?