लहान नगरप्रमुखमाथि ऐलानी जग्गा कब्जाको आरोप, छानबिन प्रक्रिया सुरु
4 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, बैशाख २१ गते । सिरहाको लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरी माथि सरकारी तथा ऐलानी जग्गा कब्जा गरेको आरोप लागेपछि विषयले नयाँ मोड लिएको छ। राष्ट्रिय सतर्कता केन्द्रमा पटक–पटक उजुरी परेपछि केन्द्रले गत १६ वैशाखमा छानबिन गरी आवश्यक कारबाही गर्न जिल्ला प्रशासन कार्यालय सिराहालाई निर्देशन दिएको हो। केन्द्रले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल लाई पत्राचार गर्दै घटनाबारे यथार्थ बुझी प्रतिवेदन पेश गर्न भनेको छ। प्रारम्भिक सूचनाअनुसार चौधरीले सार्वजनिक जग्गा आफ्नो नियन्त्रणमा लिएको आरोप लगाइएको छ, जसबारे सत्यतथ्य पत्ता लगाउन प्रक्रिया अघि बढाइएको जनाइएको छ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चेतराज बराल का अनुसार केन्द्रबाट पत्र प्राप्त भएसँगै नगरप्रमुखलाई जानकारी गराएर आन्तरिक छानबिन सुरु गरिएको छ। यसैबीच २४ वैशाखका लागि जिल्लास्तरीय बैठक बोलाइएको छ, जसमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउने विषयमा ठोस निर्णय लिने तयारी गरिएको छ। बैठकमा नगरप्रमुखसहित नापी, मालपोत, सुरक्षा निकाय तथा अन्य सरोकारवालाको सहभागिता रहनेछ। यता आरोपित चौधरीसँग प्रतिक्रिया लिन खोजिए पनि हालसम्म सम्पर्क हुन सकेको छैन।
कमेन्ट गर्नुहोस्
view comments