नयाँ अध्यादेशपछि १,५९४ राजनीतिक नियुक्ति पदमुक्त हुने बाटो खुल्यो
1 घन्टा पहिले प्रकाशित
काठमाडौँ, २० वैशाख गते।प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’का राजनीतिक सल्लाहकार असिम शाहले राष्ट्रपतिबाट जारी नयाँ अध्यादेशसँगै अघिल्लो सरकारद्वारा विभिन्न निकायमा नियुक्त सबै पदाधिकारी एकमुष्ट रूपमा पदमुक्त हुने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेपछि यस्तो व्यवस्था लागू हुने स्पष्ट पारेका हुन्। उनका अनुसार यो कदम प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने उद्देश्यले ल्याइएको हो।

उक्त अध्यादेश लागू भएसँगै विभिन्न ऐन तथा संरचनाअन्तर्गत राजनीतिक आधारमा नियुक्त करिब १,५९४ पदाधिकारी पदमुक्त हुनेछन्। राष्ट्रपतिले हालसम्म सरकारले सिफारिस गरेका आठमध्ये ६ अध्यादेश जारी गरिसकेको अवस्थामा अब संस्थान, प्रतिष्ठान, आयोग, कोष, विश्वविद्यालय, निगम तथा बीमा क्षेत्रलगायतका निकायमा नयाँ नियुक्तिका लागि सरकारलाई मार्ग खुला भएको छ।
कमेन्ट गर्नुहोस्
view comments