चुरे क्षेत्रमा अवैध उत्खनन रोक्न गृह मन्त्रालयको निर्देशन
2 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, बैशाख १७ गते । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई चुरे क्षेत्रमा भइरहेको अवैध उत्खनन तथा अवैध क्रसर सञ्चालन नियन्त्रण गर्न आवश्यक निर्देशन जारी गरेको छ।
मन्त्रालयद्वारा जारी पत्रमा “The Council of Gen Z” ले उठाएको विषयलाई गम्भीरतापूर्वक लिँदै ढुंगा, गिटी, बालुवा जस्ता प्राकृतिक स्रोतको अवैध दोहन तत्काल रोक्न आग्रह गरिएको छ।
पत्रअनुसार चुरे क्षेत्र अत्यन्तै संवेदनशील पर्यावरणीय क्षेत्र भएकाले यस्ता अवैध गतिविधिहरूले प्राकृतिक स्रोत, जनजीवन तथा समग्र वातावरणमा गम्भीर असर पारिरहेको उल्लेख गरिएको छ।
अवैध उत्खनन कार्य तुरुन्त रोक्न मापदण्ड विपरीत सञ्चालन भएका क्रसर उद्योग बन्द गर्न दोषी व्यक्ति तथा समूहलाई कडा कारबाही गर्नस्थानीय प्रशासन र सुरक्षा निकायलाई प्रभावकारी अनुगमन गर्न निर्देशन
मन्त्रालयले यस विषयमा कडाइका साथ कार्यान्वयन गर्न सम्बन्धित निकायहरूलाई सचेत गराएको छ।
हाल नेपालमा “Gen Z आन्दोलन” पछि सुशासन, भ्रष्टाचार नियन्त्रण र वातावरण संरक्षणका विषयमा सरकारमाथि दबाब बढ्दै गएको छ। सोही दबाबका बीच सरकारले यस्ता गतिविधिहरूमा कडाइ गर्न थालेको देखिन्छ।


कमेन्ट गर्नुहोस्
view comments