सरुवा कर्मचारीलाई ३ दिनभित्र हाजिर हुन निर्देशन, नआए कारबाही

2 घन्टा पहिले प्रकाशित

काठमाडौं, बैशाख १६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न तहमा खटाइएका कर्मचारीहरूलाई तत्काल हाजिर गराउन सम्बन्धित कार्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयले सूचना जारी गर्दै सरुवा भएका कर्मचारीलाई रमाना दिई आवश्यक विवरण उपलब्ध गराउन तथा खटाइएका कर्मचारीलाई तुरुन्त कार्यस्थलमा उपस्थित गराउन आग्रह गरेको हो।

मन्त्रालयका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय, शिक्षा मन्त्रालय, कोशी प्रदेश, गण्डकी प्रदेशसुदूरपश्चिम प्रदेशका कार्यालयहरू तथा मुड्केचुला गाउँपालिकासँग विवरण माग गरिएको छ। साथै, कर्मचारीलाई ३ दिनभित्र अनिवार्य रूपमा हाजिर हुन वा रमाना लिन निर्देशन दिइएको छ। तोकिएको समयभित्र हाजिर नभए कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?