देशभर हावाहुरी र चट्याङको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

2 घन्टा पहिले प्रकाशित

काठमाडौं, बैशाख १६ गते । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न भागमा तीव्र हावाहुरी, मेघगर्जन, चट्याङ र असिनासहित वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा देशैभर ‘अलर्ट’ जारी गरिएको हो। प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टका अनुसार सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरीको सम्भावना रहेको छ।

प्राधिकरणले हावाहुरी सुरु भएपछि सुरक्षित स्थानमा बस्न, झ्याल–ढोका बन्द गर्न, खुला आगो निभाउन र अग्ला रुख तथा बिजुलीका खम्बाबाट टाढा रहन सुझाव दिएको छ। यात्रामा रहेका व्यक्तिलाई सवारी सुरक्षित स्थानमा रोक्न र रुखमुनि पार्किङ नगर्न आग्रह गरिएको छ। साथै हवाई उडानमा आवश्यक परे रुट परिवर्तन वा डाइभर्ट गरिने जनाइएको छ। विपद् अवस्थाका लागि सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ र आपतकालीन अवस्थामा नेपाल प्रहरी (१००), सशस्त्र प्रहरी (१११४) तथा विपद् उद्धार नम्बर ११४९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?