भरत ताल नजिक मानव कंकाल फेला, पहिचान खुलाउन अनुसन्धान
2 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, बैशाख १६ गते । भरत ताल नजिकै मानव कंकाल फेला परेको छ। बागमती नगरपालिका–१२मा ढुङ्गा–गिट्टी थुपारिएको स्थानमा कंकाल अवस्थामा शव भेटिएको हो। घाँस काट्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय हरिवनका अनुसार शव टाउको छुट्टिएको र शरीर क्षतविक्षत अवस्थामा भेटिएको छ। कपडाको आधारमा पुरुषको शव हुन सक्ने अनुमान गरिएको छ। कंकाललाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ भने मृतकको पहिचान खुलाउन प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले जानकारी दिएका छन्।
कमेन्ट गर्नुहोस्
view comments