एपीएफ आईजीपी राजु अर्यालको बिदाइ शुक्रबार, पौडेलले सम्हाल्ने नेतृत्व
2 घन्टा पहिले प्रकाशित
काठमाडौं, बैशाख १६ गते । राजु अर्यालको बिदाइ यही शुक्रबार गरिने भएको छ। चार वर्षे कार्यकाल पूरा गरी १८ वैशाख मध्यरातिबाट अनिवार्य अवकाशमा जान लागेका अर्यालको सम्मानमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा दिउँसो ३ बजे विशेष समारोह आयोजना गरिनेछ।
२०७९ वैशाख १९ देखि एपीएफको कमाण्ड सम्हालेका अर्याल २०५४ चैत १८ मा इन्स्पेक्टरबाट नेपाल प्रहरीमा प्रवेश गरेका थिए र पछि सशस्त्र प्रहरी बलमा स्थानान्तरण भएका थिए। यसैबीच, मन्त्रिपरिषद्ले नारायणदत्त पौडेललाई नयाँ महानिरीक्षकमा नियुक्त गरिसकेको छ। अर्यालको बिदाइ कार्यक्रमपछि पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिनेछ र उनी औपचारिक रूपमा नेतृत्व सम्हाल्नेछन्।
कमेन्ट गर्नुहोस्
view comments