ओडिशामा मानव संवेदनालाई झकझक्याउने घटना : १९ हजार निकाल्न बहिनीको कंकाल बोकेर बैंक पुगे दाजु

2 घन्टा पहिले प्रकाशित

एजेन्सी, बैशाख १५ गते ।  ओडिशाको केओंझर जिल्लामा मानव संवेदनालाई झकझक्याउने घटना सार्वजनिक भएको छ। पटना ब्लकको डियानाली गाउँका ५० वर्षीय आदिवासी जीतू मुंडाले आफ्नी दिवंगत बहिनीको बैंक खाताबाट मात्र १९,३०० रुपैयाँ निकाल्न नसक्दा अन्ततः असाधारण र पीडादायक कदम चाल्नुपरेको हो। उनकी बहिनीको २६ जनवरी २०२६ मा मृत्यु भएको थियो र खातामा मवेशी बिक्रीबाट जम्मा भएको रकम थियो। परिवारमा अरू कोही नभएकाले जीतू नै एक मात्र वारिस भए पनि बैंकले पटक–पटक मृत्यु प्रमाणपत्र र कानुनी कागजात मागेपछि उनी प्रक्रिया बुझ्न नसकेर निराश भएका थिए।

अन्ततः २८ अप्रिल २०२६ मा उनले बहिनीको चिहान खनेर कंकाल निकाल्दै कपडामा बेरेर करिब ३ किलोमिटर पैदल हिँडेर बैंक पुगे। त्यहाँ कंकाल राखेर विरोध जनाएपछि मात्र घटना बाहिर आएको हो। त्यसपछि प्रशासन र प्रहरीले हस्तक्षेप गर्दै रकम उपलब्ध गराउन निर्देशन दिएको थियो। प्रहरीले कंकाललाई पुनः गाउँ लगेर सम्मानपूर्वक पुनः दफन गरेको जनाएको छ। यस घटनाले जटिल प्रशासनिक प्रक्रिया र कागजी झन्झटले कसरी गरिब तथा आदिवासी समुदायलाई चरम अवस्थामा पुर्‍याउन सक्छ भन्ने प्रश्न उठाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?