“जानकी मन्दिर हो, विश्वको सम्पदा हो, पार्किङ स्थल होइन।” — सांसद मनिष झा
2 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, बैशाख १५ गते । जानकी मन्दिर परिसरभित्र सवारीसाधन पार्किङ गरिएको विषयमा आलोचना भएको छ। सांसद मनिष झाले मन्दिरलाई विश्व सम्पदासरहको धरोहर भएको भन्दै यसलाई पार्किङ स्थलका रूपमा प्रयोग गर्नु गलत भएको टिप्पणी गरेका छन्।
उनले मन्दिर प्राङ्गणभित्र पार्किङ गरिएका सबै सवारीसाधनमा ट्राफिक प्रहरीले लक लगाएर आवश्यक अनुशासन कायम गर्नुपर्ने आग्रह गरेका छन्। उनका अनुसार यस्तो लापरबाहीले ऐतिहासिक तथा धार्मिक सम्पदाको गरिमा घटाउँछ। साथै, जानकी मन्दिरलाई ट्रस्टमा लैजाने र विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रयास भइरहेका बेला यस्ता गतिविधि नियन्त्रण गर्नुपर्ने उनले जोड दिएका छन्।
स्थानीय धरोहर संरक्षण र जनकपुरधामको सांस्कृतिक महत्व जोगाउन सबैले जिम्मेवार बन्नुपर्ने उनको आग्रह छ।
कमेन्ट गर्नुहोस्
view comments