शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा पेश गर्न सर्वोच्चको आदेश

2 घन्टा पहिले प्रकाशित

काठमाडौं, बैशाख १५ गते ।  सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफसहित उपस्थित गराउन भनेको हो।

उनकी पत्नी सीमा गोल्छाले दायर गरेको रिटमा शेखर गोल्छालाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै रिहाइको माग गरिएको छ। यसअघि उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वैशाख १० गते पक्राउ गरेको थियो। अदालतले यस विषयमा सरकारसँग कारण देखाउन समेत आदेश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?