सीमाबाट अवैध सामानसहित मोटरसाइकल बरामद
1 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, बैशाख १५ गते । सशस्त्र प्रहरी बल नेपालले सिरहा नगरपालिका–१७ पटेर्वास्थित नेपाल–भारत सीमा क्षेत्रबाट करिब तीन लाख रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नं. ७ गणअन्तर्गत सीमा सुरक्षा गुल्म माडरबाट खटिएको टोलीले नेपाल–भारत आवतजावतका क्रममा ओसारपसार हुँदै गरेका सामग्री नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीका अनुसार २ लाख ५० हजार रुपैयाँ बराबरको स. ८ प १२३४ नम्बरको मोटरसाइकल, २० हजार रुपैयाँ बराबरको मदिरा तथा २५ हजार २८५ रुपैयाँ बराबरका विभिन्न पेय पदार्थ बरामद गरिएको छ। बरामद सामग्री आवश्यक प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा बुझाइएको सिरहाका एसपी सुमनजंग थापाले जानकारी दिएका छन्। भारतबाट १०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार लाग्ने व्यवस्था लागू भएपछि सीमाक्षेत्रमा निगरानी कडा पारिएको छ।
कमेन्ट गर्नुहोस्
view comments