सुरक्षण मुद्रण केन्द्रलाई व्यापारिक सूचीमा राख्ने सरकारको निर्णय

2 घन्टा पहिले प्रकाशित

काठमाडौं, बैशाख १४ गते । सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा सूचीकृत गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त केन्द्रलाई व्यापारिक गतिविधिमा सहभागी हुन सक्ने निकायका रूपमा समावेश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

बैठकले भन्सार नियमावली २०८३ स्वीकृत गर्ने निर्णयसमेत गरेको छ। साथै, नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बल नेपालको अतिरिक्त महानिरीक्षकबाट बढुवा गर्दै प्रहरी महानिरीक्षक (आईजी)मा नियुक्त गर्ने निर्णय गरिएको प्रवक्ता पोखरेलले बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?