अतिक्रमित संरचना हटाउने अभियान पुनः सुरु
2 घन्टा पहिले प्रकाशित
काठमाडौं, बैशाख १४ गते । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका ठूला घरहरू हटाउने अभियान पुनः सुरु गरिएको छ। शनिबार र आइतबार रातिसम्म सञ्चालन गरिएको भत्काउने कार्य नसकिएपछि महानगरले सोमबारदेखि पुनः अभियानलाई तीव्रता दिएको हो। महानगरका अनुसार अझै धेरै संरचना हटाउन बाँकी रहेकाले दिउँसोदेखि पुनः डोजर परिचालन गरी भत्काउने काम अघि बढाइएको छ।
महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीले शनिबार र आइतबार केही ठूला घरहरू भत्काइए पनि अझै धेरै संरचना बाँकी रहेकाले अभियान निरन्तर जारी राखिएको बताउनुभयो। गैरीगाउँ क्षेत्रमा दर्जनौँ स्थायी घर निर्माण गरिएकाले कार्य चुनौतीपूर्ण बनेको छ। हाल दुई वटा ठूला डोजर तथा हेभी मेसिन प्रयोग गरेर संरचना हटाउने काम भइरहेको महानगरपालिकाले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments