लौंडा नाच र डीजेसँग अन्तिम विदाइ, बिहारको अनौठो दृश्य
3 घन्टा पहिले प्रकाशित
एजेन्सी, बैशाख १४ गते । बिहारको भोजपुर जिल्लामा एक वृद्ध महिलाको शवयात्रा अत्यन्त भव्य रूपमा निकालिएको घटना चर्चामा आएको छ। ९५ वर्षीया कौशल्या देवीको निधनपछि उनका पोताहरूले धूमधामका साथ अन्त्येष्टि गरेका हुन्। शवयात्रामा ७०० भन्दा बढी सवारीसाधन र करिब ३५०० मानिसको सहभागिता रहेको थियो भने ड्रोन क्यामेराबाट सम्पूर्ण दृश्य कैद गरिएको थियो। ब्यान्डबाजा र नाचगानसहित निकालिएको शवयात्रा हेर्न स्थानीयहरू घरका छतसम्म उक्लिएका थिए।
परिवारका अनुसार कौशल्या देवी लामो समयदेखि क्यान्सरबाट पीडित थिइन्। उनले जीवनकालमै आफ्नो अन्तिम विदाई पनि विवाहजस्तै भव्य बनाउन इच्छा व्यक्त गरेकी थिइन्। सोही इच्छा पूरा गर्न उनका ६ जना पोताहरूले विशेष तयारी गरेका थिए। ठूलो पोता रमेश पाण्डेयले दादीको सम्झनामा यस्तो विदाई आयोजना गरिएको बताएका छन्, जसले अहिले सामाजिक सञ्जालमा समेत व्यापक चर्चा पाएको छ।
कमेन्ट गर्नुहोस्
view comments