रौतहट र दैलेखमा डुबेर दुई बालकको ज्यान गयो
3 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, बैशाख १४ गते । रौतहट र दैलेखमा पोखरी तथा खोलामा डुबेर दुई बालकको ज्यान गएको छ। रौतहटको दुर्गाभगवती गाउँपालिका–१ पिपराटोल निवासी गौरीशंकर साह कलवारका पाँच वर्षीय छोरा कृष पोखरीमा डुबेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि वाग्मती सेन्ट्रल अस्पताल गंगापिपरामा लगिएकोमा उपचारकै क्रममा आइतबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, दैलेखको महाबु गाउँपालिका–४ गीताचौरका कमल नेपालीका नौ वर्षीय छोरा रूपेशको पनि डुबेर ज्यान गएको छ। छामघाट खोलामा पौडी खेल्ने क्रममा आइतबार दिउँसो उनी डुबेका थिए। दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments