सप्तरीमा सशस्त्र प्रहरी हवल्दारको मृत्यु

2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, बैशाख १४ गते ।  सप्तरीको बोदेबर्साईन नगरपालिका–५ स्थित सशस्त्र प्रहरी बलको सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी हवल्दार जितेन्द्र कुमार यादवको मृत्यु भएको छ। राति करिब ३ बजेतिर शौचालय जाने क्रममा लडेर गम्भीर घाइते भएका उनलाई तत्काल उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण सप्तरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकीले जानकारी दिएका छन्।

सशस्त्र प्रहरीका अनुसार मृतक यादव उच्च रक्तचापको समस्याबाट पीडित थिए। बारा जिल्लाको पचरौता नगरपालिका–८ का स्थायी बासिन्दा रहेका यादवको घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?