प्रधानमन्त्री बालेन शाह ३७ वर्षमा प्रवेश, शुभकामनाको ओइरो
3 घन्टा पहिले प्रकाशित
काठमाडौं, बैशाख १४ गते । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) आजदेखि ३७ वर्षमा प्रवेश गरेका छन्। वि.सं. २०४७ साल वैशाख १४ गते काठमाडौंको नरदेवीमा जन्मिएका शाहले आइतबार आफ्नो जन्मदिन मनाइरहेका छन्। यस अवसरमा उनकी पत्नी सविना काफ्लेले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै “सम्माननीयज्यूलाई जन्मदिनको हार्दिक शुभकामना” लेखेकी छन्।
बुबा रामनारायण साह र आमा ध्रुवदेवी शाहका कान्छा सुपुत्रका रूपमा जन्मिएका शाहको पुर्ख्यौली घर महोत्तरीको एकडारा गाउँपालिका हो। २०८२ चैत १३ गते प्रधानमन्त्री बनेका उनले सरकारको नेतृत्व सम्हालेको एक महिना पूरा गरिसकेका छन्। जन्मदिनको अवसरमा आइतबार बिहानैदेखि सामाजिक सञ्जालमा उनका समर्थक, राजनीतिक सहकर्मी तथा सर्वसाधारणबाट शुभकामनाको ओइरो लागेको छ।
कमेन्ट गर्नुहोस्
view comments