लोकतन्त्र दिवसकै दिन पूर्वराजा ज्ञानेन्द्रको पोखरा भ्रमण

2 घन्टा पहिले प्रकाशित

काठमाडौं,बैशाख ११ गते । २०औं लोकतन्त्र दिवसकै दिन पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा जाने भएका छन्। तत्कालीन राजतन्त्र अन्त्य भई लोकतन्त्र स्थापना भएको ठीक दुई दशकपछि उनी काठमाडौं बाहिर निस्कन लागेका हुन्। पछिल्लो राजनीतिक परिवेशमा बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएपछि ज्ञानेन्द्रको यो पहिलो भ्रमण हो, जसलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

भ्रमण व्यवस्थापन समितिका अनुसार ज्ञानेन्द्र कम्तिमा दुई साता पोखरामा बस्नेछन् र यस अवधिमा धार्मिक स्थल दर्शनसँगै विभिन्न राजनीतिक भेटघाट पनि गर्ने कार्यक्रम छ। लेकसाइडस्थित सोल्टी होटलमा बस्ने उनको तयारी छ। स्रोतका अनुसार उनले नेपाली कांग्रेस, नेकपा एमालेलगायत विभिन्न दलका नेताहरूसँग भेटघाट गरी राजनीतिक सन्देश दिने योजना बनाएका छन्। भ्रमणलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ भने आज कुनै औपचारिक कार्यक्रम नरहेको जनाइएको छ।

 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?