काठमाडौंमा वायु प्रदूषण पुनः अस्वस्थ तहमा

1 घन्टा पहिले प्रकाशित

काठमाडौं, बैशाख १० गते । काठमाडौं उपत्यकामा वर्षापछि केही सुधारिएको वायु गुणस्तर पुनः खस्किँदै अस्वस्थ तहमा पुगेको छ। IQAir का अनुसार काठमाडौं हाल विश्वकै दोस्रो सबैभन्दा प्रदूषित सहरमा परेको छ भने पाकिस्तानको लाहोर पहिलो स्थानमा रहेको छ। मंगलबार दिउँसो करिब ९२ रहेको एक्यूआई बिहान २४७ सम्म पुगेपछि अहिले केही घटेर २१६ मा कायम भएको छ, जुन स्तर जनस्वास्थ्यका लागि जोखिमपूर्ण मानिन्छ।

वातावरण विभाग का महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार वर्षा नहुनु, बढ्दो सुक्खा, कृषि अवशेष जलाउने प्रवृत्ति तथा वन डढेलोका घटनाले प्रदूषण बढाएको हो। दाङको देउखुरी, भक्तपुर, काठमाडौंका विभिन्न क्षेत्र तथा सुर्खेतमा पनि वायु गुणस्तर अत्यन्तै खराब देखिएको छ। यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले वायु प्रदूषणका कारण मुटु, फोक्सो, दम, क्यान्सर लगायत रोगको जोखिम बढ्ने चेतावनी दिँदै विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र दीर्घरोगीलाई सावधानी अपनाउन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?