जानकी मन्दिर विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अध्ययन समिति गठन
1 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, बैशाख ९ गते । जनकपुरको जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने उद्देश्यले सरकारले अध्ययन समिति गठन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल ‘गनेस’ ले मंगलबार मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गरेका हुन्। समितिमा जानकी मन्दिरका अनुसन्धाता, जनकपुर उपमहानगरपालिकाका प्रतिनिधि, पुरातत्व विभागका अधिकारी तथा कानुन व्यवसायीहरू सदस्य रहेका छन्।
सांसद मनिष झाले जानकारी दिएअनुसार समितिले ६ महिनाभित्र संरक्षित क्षेत्र घोषणा गर्न आवश्यक अध्ययन प्रतिवेदन पेस गर्नेछ। त्यसपछि मात्र प्रक्रिया अघि बढ्नेछ। उनले जनकपुर उपमहानगरले नक्सा तयार गर्ने, मन्त्रिपरिषदले संरक्षित क्षेत्र घोषणा गर्ने र त्यसपछि युनेस्कोले थप अध्ययन गरेर निर्णय गर्ने बताए। प्रारम्भिक अध्ययनका लागि करिब ५० लाख रुपैयाँ खर्च जनकपुर उपमहानगरले बेहोर्ने र अन्तर्राष्ट्रिय स्तरको प्रतिवेदन बनाउन करिब २ करोड रुपैयाँ संघीय सरकारले सहयोग गर्ने सहमति भएको छ। जानकी मन्दिरलाई रामायणमा सीताको जन्मस्थलका रूपमा व्याख्या गरिएको छ र यसलाई मैथिली सभ्यताको धरोहर मानिन्छ।
कमेन्ट गर्नुहोस्
view comments