गृहमन्त्री सुधन गुरुङको राजीनामा : नैतिकताको आधारमा पद त्याग

2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, बैशाख ९ गते ।  गृहमन्त्री सुधन गुरुङले बुधबार पदबाट राजीनामा दिएका छन्। विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी लगायतका विषयमा नागरिक स्तरबाट उठेका प्रश्न र टिप्पणीलाई सम्बोधन गर्दै उनले नैतिकताको आधारमा पद त्याग गरेको घोषणा गरेका हुन्। चैत १३ देखि गृह प्रशासनको नेतृत्व सम्हाल्दै आएका गुरुङले सार्वजनिक जीवन स्वच्छ र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन्।

सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गर्दै उनले पदभन्दा नैतिकता र शक्तिभन्दा जनविश्वास ठूलो भएको उल्लेख गरेका छन्। ‘जेनजी आन्दोलनले सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ भन्ने सन्देश दिएको छ,’ उनले भनेका छन्, ‘सरकारमाथि प्रश्न उठे त्यसको जवाफ नैतिकता नै हुनुपर्छ।’ उनले निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले पद त्याग गरेको स्पष्ट पारेका छन्। साथै, सञ्चारकर्मीहरूलाई पनि नैतिकताको प्रश्न उठाउँदै आम नेपाली र युवालाई सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिनुपर्ने अपिल गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?