गर्भपतन गराउने क्रममा महिलाको मृत्यु, तीन स्वास्थ्यकर्मी पक्राउ

2 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, बैशाख ९ गते ।  गर्भपतन गराउने क्रममा पाल्पा बगनासकाली गाउँपालिका–२ घर भई हाल तिलोत्तमाको शंकरनगरमा बस्दै आएकी २९ वर्षीया गीता पाण्डेको मृत्यु भएको छ। मृतकका परिवारले स्वास्थ्य क्लिनिक र स्वास्थ्यकर्मीको लापरबाहीका कारण गीताको मृत्यु भएको भन्दै प्रहरीमा उजुरी दिएपछि तीन जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। पक्राउ पर्नेमा खत्री पोलिक्लिनिककी सन्ध्या बस्नेत, जोनल क्लिनिककी निलम घर्ती मगर र इन्दु लेखा क्लिनिकका खगेन्द्र पाण्डे रहेका छन्।

प्रकाश पाण्डेले गर्भमा रहेको भ्रूण असामान्य छ भनी गर्भपतन गर्ने नाममा विभिन्न क्लिनिकहरूले मिलेर आफ्नी श्रीमतीको हत्या गरेको आरोप लगाएका छन्। औषधि सेवनपछि गीता अचेत भएपछि इन्दु लेखा क्लिनिकमार्फत लुम्बिनी सिटी अस्पताल पुर्‍याइएकी उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाबारे जाहेरी दर्ता भएपछि प्रहरीले अनुसन्धान सुरू गरेको छ भने आवश्यक परे अन्य चिकित्सकलाई पनि अनुसन्धानमा ल्याइने बताइएको छ। गीताको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ भने उनका आफन्तले खत्री नर्सिङ होममा ताला लगाएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?