धनुषामा मोटरसाइकल दुर्घटनामा महिला मृत्यु, तीन घाइते
2 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, बैशाख ९ गते । धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार राति भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार करिब ८ बजे पैदल हिँडिरहेकी ३१ वर्षीया बिनिता कुमारी महतो अनटेस्ट मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भई जनकपुर प्रादेशिक अस्पताल पुर्याइएकी थिइन्। तर चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
ठक्करबाट मृतक महिलाकी आठ महिनाकी शिशु र १६ वर्षीया अनुष्का कुमारी महतो घाइते भएका छन् भने मोटरसाइकल चालक मिथिला नगरपालिका–८, जमुनिवासका ३२ वर्षीय प्रकाश थिङ पनि घाइते भएका छन्। घाइते तीनै जनाको ढल्केबरस्थित निजी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments