सप्तरीमा भन्सार छलीका करिब ११ लाखका कपडा बरामद

3 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, बैशाख ८ गते ।  सशस्त्र प्रहरीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ कुशहाबाट ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद गरेको छ । सोमबार सशस्त्र प्रहरीगण नम्बर ६ बाट प्रहरी निरीक्षक विकास श्रेष्ठको कमाण्डमा खटिएको टोलीले करिब १० लाख ९६ हजार २६० रुपैयाँ बराबरका कपडा नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकीका अनुसार बरामद सामग्री आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ । प्रहरीले भन्सार छली तथा अवैध आयात नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा निगरानी कडा बनाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?