आमरण अनसन आज दोश्रो दिन : छैन सरोकार वालालाई मतलब
4 घन्टा पहिले प्रकाशित
घनश्याम मिश्र
जनकपुरधाम, बैशाख ७ गते । अर्थतन्त्रको लागत घटाउने उद्देश्यसहित सामाजिक अभियन्ता धर्मेन्द्र कुमार कर्णले पाँच बुँदे माग राख्दै आमरण अनसन थालेका छन् । उनले अघि सारेको शिक्षण विधि कार्यान्वयनमा देखिएका बाधा हटाउनेसहितका विभिन्न माग राख्दै आईतवार देखी जनकपुरधामको जनक चोकस्थित जनक मन्दिर अगाडि सत्याग्रह नाम दिएर आमरण अनसनमा बसेका छन् । आइतवार धनुषा प्रहरीले उनलाई नियन्त्रणमा लिएपनी सांझ छाड़ेपछि ऊनि पुनः आमरण अनसन स्थल पुगेका थिए ।
सामाजिक अभियन्ता कर्णले विकसित तथा परिमार्जित शिक्षण विधिको प्रचलनले माध्यमिक तहमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्नुका साथै समग्र अर्थतन्त्रको लागत घटाउन सहयोग पुग्ने बताए । तर उक्त प्रयासका लागि आवश्यक पूँजीगत कोष व्यवस्थापनमा समस्या उत्पन्न भएको र संघीय तथा प्रदेश सरकारबाट अपेक्षित सहयोग नपाएको उनको गुनासो छ । हालै सार्वजनिक नयाँ संघीय सरकारको राष्ट्रिय प्रतिबद्धता पत्रमा आफ्ना माग सम्बोधन हुने संकेत देखिएको उल्लेख गर्दै, विश्वसनीय प्रतिक्रिया प्राप्त भए अनसन कार्यक्रम स्थगित गर्ने बताउनु भयो ।
यस अघि उनले मुख्यमन्त्री कृष्ण प्रसाद यादवलाई समेत अर्थतन्त्रको लागत घटाउन सक्ने प्रस्ताव राख्ने खोजेका थिए । तर मुख्यमन्त्री यादवले भने बेवास्ता गरेको आरोप अभियन्ता कर्णले लगाएका छन । अभियन्ता कर्णले माध्यमिक तहमा गुणस्तरीय शिक्षा प्रवद्र्धन र लागत घटाउने प्रस्तावप्रति प्रदेश सरकारको उदासीनताबारे मुख्यमन्त्री कृष्ण प्रसाद यादवले सार्वजनिक जवाफ दिनुपर्ने, निजी क्षेत्रबाट गरिएको लागत घटाउने प्रयासमा देखिएका बाधा संघीय सरकारले तत्काल हटाउनुपर्ने, नेपाल वान टेलिभिजन सञ्चालनमा भएको भनिएको नीतिगत भ्रष्टाचारबारे प्रधानमन्त्री र सञ्चार मन्त्रीलगायत संलग्नमाथि छानबिन र कारबाही गर्नुपर्ने, जनप्रतिनिधिसमक्ष राखिने गुनासो तथा निवेदनमाथि ४८ घण्टाभित्र प्रारम्भिक प्रतिक्रिया सुनिश्चित गर्ने व्यवस्था गर्नुपर्ने, तथा जानकी मन्दिर लगायत धार्मिक स्थलसँग सम्बन्धित जग्गा दर्ता समस्याको समाधान गर्नुपर्ने विषय समावेश रहेको छ।
कमेन्ट गर्नुहोस्
view comments