सम्राट चौधरीको अडान—मद्यनिषेध कायमै रहने

14 घन्टा पहिले प्रकाशित

एजेन्सी, बैशाख ६ गते । बिहारका नयाँ मुख्यमन्त्री सम्राट चौधरीले सत्ता सम्हालेसँगै पूर्व मुख्यमन्त्री नीतीश कुमारको नीति अनुसार अगाडि बढ्ने स्पष्ट सन्देश दिएका छन्। एनडीए गठबन्धनभित्रै केही नेताहरूले मद्यनिषेध (शराबबन्दी) नीति पुनरावलोकन वा खारेज गर्न सुझाव दिए पनि उनले सो प्रस्ताव अस्वीकार गर्दै उक्त नीति यथावत् रहने बताएका हुन्।

मद्यनिषेधको विषयमा एनडीएभित्र मतभेद देखिएको छ। चिराग पासवानले पुनर्मूल्यांकनको कुरा उठाएका छन् भने जीतन राम मांझीले नीति ठीक भए पनि कार्यान्वयन कमजोर रहेको बताएका छन्। केही नेताहरूले त नीति नै हटाउनुपर्ने धारणा राखेका छन्। तर, यी सबै सुझावका बाबजुद मुख्यमन्त्री चौधरी आफ्नो अडानमा कायम देखिएका छन्।

विश्लेषणअनुसार, उनको यो निर्णयका पछाडि दुई मुख्य कारण रहेका छन्। पहिलो, नीतीश कुमारले अघि सारेको ‘सुशासन’ र सामाजिक सुधारको नीतिप्रति प्रतिबद्धता। दोस्रो, मद्यनिषेधको समर्थन गर्ने महिला मतदाताको विश्वास कायम राख्ने रणनीति। यसले सम्राट चौधरीको कदम राजनीतिक र सामाजिक दुवै हिसाबले महत्वपूर्ण मानिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?