आमाको मुख हेर्ने दिनमा प्रधानमन्त्री बालेन शाहद्वारा श्रद्धा र सम्मान व्यक्त

4 दिन पहिले प्रकाशित

काठमाडौं, बैशाख ४ गते । प्रधानमन्त्री बालेन्द्र शाह ले मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा सम्पूर्ण आमाहरूप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै शुभकामना दिएका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत उनले आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च रहेको उल्लेख गरेका छन्।

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ भन्ने शास्त्रीय वचन उद्धृत गर्दै उनले आमाको काखलाई न्यानो र चरणलाई तीर्थजस्तै पवित्र भएको बताएका छन्। आमालाई सृष्टिकी मुहान र माया–त्यागको अनुपम उदाहरणका रूपमा चित्रण गर्दै उनले सम्पूर्ण आमाहरूको दीर्घायुको कामना गरेका छन्।

प्रधानमन्त्री शाहले आमालाई जीवनको पहिलो गुरु र अनन्त ममताको स्रोतका रूपमा सम्मान व्यक्त गर्दै सन्तानका रूपमा आफ्ना कर्मले आमालाई सधैं गर्व महसुस गराउन सक्ने कामना गरेका छन्। साथै, मातृभक्तिसँगै देशभक्तिलाई जोड्दै उनले ‘हे जननी! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’ भन्ने सन्देश पनि दिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?