२० दिनभित्र सवारीमा सिसीटिभी जडान गर्न प्रशासनको निर्देशन

4 दिन पहिले प्रकाशित

जनकपुरधाम, बैशाख ४ गते ।  जिल्लामा सञ्चालन हुने सार्वजनिक यात्रीवाहक सवारीसाधनमा यात्रु सुरक्षालाई मध्यनजर गर्दै अनिवार्य रूपमा सिसीटिभी क्यामेरा जडान गर्नुपर्ने व्यवस्था गरिएको छ। जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गर्दै २० दिनभित्र सबै सवारीमा सिसीटिभी जडान गरिसक्न निर्देशन दिएको हो।

जिल्ला यातायात व्यवस्थापन समितिको निर्णयअनुसार सिरहा सदरमुकाम, लहान र मिर्चैयालगायत क्षेत्रबाट सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारीमा यो नियम लागू हुनेछ। सार्वजनिक यातायातमा हुनसक्ने चोरी, दुर्व्यवहार तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गरी यात्रुलाई सुरक्षित महसुस गराउने उद्देश्यले यस्तो कदम चालिएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार तोकिएको समयसीमाभित्र सिसीटिभी जडान भए/नभएकोबारे यातायात व्यवस्था कार्यालय लहान र जिल्ला ट्राफिक प्रहरी कार्यालयले नियमित अनुगमन गर्नेछन्। निमित्त प्रमुख जिल्ला अधिकारी चेतराज बराल द्वारा जारी सूचनामा नियम पालना नगर्ने सवारीसाधनलाई कारबाही गरिने उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?