नयाँ वर्षमा प्रधानमन्त्री शाहको शुभकामना, ‘सर्वे भवन्तु सुखिनः’ सन्देशमार्फत सबैको कल्याणको कामना

4 घन्टा पहिले प्रकाशित

जनकपुरधाम,बैशाख १ गते ।  प्रधानमन्त्री बालेन्द्र शाह ले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्। मंगलबार बिहान सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै उनले ‘सर्वे भवन्तु सुखिनः’ भन्ने संस्कृत श्लोक उद्धृत गर्दै सबैको सुस्वास्थ्य, खुशी र कल्याणको कामना गरेका हुन्।

प्रधानमन्त्री शाहले उक्त श्लोकको भावार्थ उल्लेख गर्दै सबैको जीवनमा आरोग्यता, शुभता र दुःखबाट मुक्ति मिलोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्। नयाँ वर्षको अवसरमा विभिन्न राजनीतिक दलका नेता तथा विशिष्ट व्यक्तिहरूले शुभकामना सन्देश दिने क्रममा उनले पनि सकारात्मक सन्देशमार्फत सबै नेपालीप्रति शुभेच्छा प्रकट गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?