कमला खोलामा बेपत्ता युवकको शव फेला

11 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, चैत्र २९ गते ।  कमला खोलामा हिजोदेखि बेपत्ता रहेका एक युवकको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले आज फेला पारेको छ । जनकपुरधामबाट पिकनिकका लागि गएका स्थानीय युवाहरूको समूहमा पौडी खेल्ने क्रममा जनकपुरधाम–६ का मोहम्मद आयन कमक बेपत्ता भएका थिए ।

बेपत्ता भएको केही समयपछि नै सुरक्षावेस क्याम्प रघुनाथपुरबाट सहायक प्रहरी निरीक्षक रघुनाथ ढकालको नेतृत्वमा ७ जना र चिसापानीबाट प्रहरी वरिष्ठ हबलदार दिपेन्द्र यादवको नेतृत्वमा ३ जनाको टोलीले खोजी सुरु गरेको थियो । तर शव फेला नपरेपछि आ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट सप्रसनि दिलिपकुमार हायुको कमाण्डमा खटिएको गोताखोर टोलीले आज कमला खोलाबाट मोहम्मद आयन कमकको शव निकालेको हो ।

शव धनुषाको गणेशमान चारनाथ नगरपालिका–५ स्थित छोडकीटोलको कमला खोलामा फेला परेको सशस्त्र प्रहरी धनुषाका नायव उपरीक्षक दिनेश शर्माले जानकारी दिएका छन् ।

शवको पोस्टमोर्टमपछि परिवारलाई जिम्मा लगाइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?