भेपभित्र सुन तस्करी प्रकरण: पूर्व सभामुख महराविरुद्ध पुनः भ्रष्टाचार मुद्दा दायर
13 घन्टा पहिले प्रकाशित
काठमाडौं, चैत्र २७ गते । विद्युतीय चुरोट (भेप) भित्र लुकाएर गरिएको सुन तस्करी प्रकरणमा पूर्व सभामुख एवम् कृष्णबहादुर महरा विरुद्ध पुनः भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा महरा, सहसचिव अरुण पोखरेल, महराका छोरा राहुलसहित २९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो।
आयोगका अनुसार चिनियाँ गिरोहसँग मिलेर भेपको आवरणमा सुन तस्करी तथा अवैध ओसारपसार गरिएको आरोप छ, जसमा करिब ७ करोड ७८ लाख रुपैयाँभन्दा बढी बिगो कायम गरिएको छ। यसअघि पनि पक्राउ परेर धरौटीमा छुटेका महराविरुद्ध यसै प्रकरणमा पटक–पटक अनुसन्धान हुँदै आएको छ भने हाल अदालतमा मुद्दा दायर भएसँगै प्रकरण फेरि चर्चामा आएको छ।
कमेन्ट गर्नुहोस्
view comments