सिरहा नगर प्रमुखविरुद्ध पक्राउ पुर्जी, मोबाइल बन्द गरी सम्पर्कविहीन

3 दिन पहिले प्रकाशित

जनकपुरधाम, चैत्र २७ गते । सिरहा नगरपालिकाका प्रमुख नवीनकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनी सम्पर्कविहीन बनेका छन्। नगरपालिकाका कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवमाथि कुटपिट गरेको आरोपमा अभद्र व्यवहार मुद्दा दर्ता भएपछि बिहीबार पक्राउ पुर्जी जारी गरिएको हो। घटनाअनुसार उनले सोमबार बिहान कार्यालयमा हाजिरी गरिरहेका बेला गालीगलौज गर्दै लात्ती र मुक्काले कुटपिट गरेका थिए।

पक्राउ पुर्जी जारी भएसँगै प्रहरी उनको खोजीमा जुटेको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ। मोबाइल बन्द गरी लुकेर बसेको आशंका गरिएको उनको सम्भावित स्थानहरूमा प्रहरी पुगिरहेको छ भने भारततर्फ भागेको आशंका पनि गरिएको छ। घटनामा संलग्न अर्का कर्मचारी रोहित मेस्तरलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ र घाइते रामशरण यादवको विराटनगरमा उपचार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?