रुवी कुमारी प्रतिनिधिसभाको उपसभामुखमा उम्मेदवारी दर्ता

12 घन्टा पहिले प्रकाशित

काठमाडौं, चैत २६ गते ।प्रतिनिधिसभाको उपसभामुखमा रुवी कुमारीले उम्मेदवारी दर्ता गरेकी छन्। उनलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल नेकपा एमालेले समर्थन गर्ने जानकारी दिइएको थियो।

पछिल्लो समय सत्तारुढ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि कुमारीलाई समर्थन गर्ने निर्णय गरेको छ। रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले पत्रकारहरूलाई कुमारीको पक्षमा समर्थन रहने जानकारी दिएका छन्।

सङ्घीय संसद् सचिवालयले उपसभामुखको उम्मेदवारी दर्ता गर्न बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको थियो। रुवी कुमारीको प्रस्तावकमा आर्यन राई र समर्थकमा रास्वपा सांसद अशोककुमार चौधरी तथा श्रम संस्कृतिकी सांसद अम्बिकादेवी निरौला रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?