अल्लु अर्जुनको ‘राका’ फर्स्टलुक सार्वजनिक, फरक अवतारले फ्यान उत्साहित

13 घन्टा पहिले प्रकाशित

एजेन्सी, चैत २६ गते । दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुन अभिनीत फिल्म राकाको फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बुधबार उनको जन्मदिनको अवसरमा सार्वजनिक पोस्टरमा उनी पूर्ण रूपमा फरक र डरलाग्दो अवतारमा देखिएका छन्, जहाँ उनको तालु खुइलिएको लुकले दर्शकको ध्यान खिचेको छ।

निर्देशक एटलीको निर्देशनमा बन्न लागेको यस फिल्ममा दीपिका पादुकोण पनि मुख्य भूमिकामा रहनेछिन्। एटली र अल्लु अर्जुनबीचको यो पहिलो सहकार्य भएकाले फिल्मलाई निकै प्रतीक्षित रूपमा हेरिएको छ।

फिल्मबारे विस्तृत जानकारी सार्वजनिक नभए पनि ‘राका’ प्यान–इन्डिया स्तरमा निर्माण भइरहेको ठूलो बजेटको साइ–फाइ एक्सन फिल्म हुने जनाइएको छ। निर्माण टिमका अनुसार यस फिल्मले भारतीय सिनेमा उद्योगमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ भने सन् २०२७ मा प्रदर्शनमा आउने तयारी गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?