देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
9 घन्टा पहिले प्रकाशित
काठमाडौं, चैत २५ गते। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएको उच्च स्रोतले जनाएको छ।
स्रोतका अनुसार अदालतले पक्राउ अनुमति दिइसके पनि देउवा दम्पती हाल विदेशमा रहेकाले उनीहरूलाई पक्राउ गर्न नसकिएको हो। उनीहरू फागुन १३ गते स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए र त्यसपछि हङकङ पुगेको जानकारी सार्वजनिक भएको थियो।
यसअघि ‘जेनजी’ आन्दोलनका क्रममा देउवा निवासमा आक्रमण र आगजनी भएको घटनापछि जलेका नोटसमेत फेला परेको विषय चर्चामा आएको थियो। त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अघि बढाउँदै हाल केन्द्रीय अनुसन्धान ब्युरोमार्फत थप छानबिन भइरहेको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments