राष्ट्रिय सभाका समिति सभापतिहरूले लिए शपथ

13 घन्टा पहिले प्रकाशित

काठमाडौं, चैत २५ गते। संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विभिन्न समितिका नव–निर्वाचित सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ।

शपथ लिनेमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका पूजा चौधरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका जयन्तीदेवी राई, विकास, आर्थिक मामिला तथा सुशासन समितिका कृष्णप्रसाद पौडेल तथा विधायन व्यवस्थापन समितिका कृष्णबहादुर रोकाया रहेका छन्। यी चारवटै समितिका सभापति पद गत फागुन २० गतेदेखि रिक्त रहेका थिए।

उक्त पदहरूका लागि तोकिएको समयभित्र प्रत्येक समितिमा एक–एक जनाको मात्र उम्मेदवारी परेपछि सबै सभापति निर्विरोध निर्वाचित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?