अमेरिका–इरानबीच दुई साताको युद्धविराम घोषणा

14 घन्टा पहिले प्रकाशित

एजेन्सी, चैत २५ गते।  संयुक्त राज्य अमेरिका र इरानले दुई साताका लागि युद्धविराम गर्ने सहमति गरेका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ‘सम्पूर्ण सभ्यता नष्ट हुने’ चेतावनीसहित दिएको समयसीमा सकिनुअघि नै युद्धविरामको घोषणा भएको हो। बीबीसीका अनुसार इरानी विदेशमन्त्री अब्बास अराग्चीले स्ट्रेट अफ होर्मुजमार्ग सुरक्षित आवतजावत सुनिश्चित गरिने बताएका छन्।

युद्धमा सामेल इजरेलले पनि युद्धविराम पालना गर्ने जनाएको छ। पाकिस्तानको मध्यस्थतामा अमेरिकासामु प्रस्तुत गरिएको १० बुँदे युद्धविराम योजनालाई इरानले स्वीकार गरेको पुष्टि भएको छ। यस सहमतिले क्षेत्रीय तनाव कम हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?