प्रधानमन्त्री बालेनद्वारा विदेशी राजदूतहरुसँग सामूहिक छलफल
14 घन्टा पहिले प्रकाशित
काठमाडौं, चैत २५ गते। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज पहिलोपटक विदेशी राजदूतहरुसँग सामूहिक छलफल गर्ने भएका छन्। बालेन नेतृत्वको सरकार गठनपछि विभिन्न देशका राजदूतहरुसँग सामूहिक छलफल हुन लागेको यो पहिलोपटक हो। आज मध्याह्न १२ बजेपछि हुने छलफलमा परराष्ट्र मन्त्री शिशिर खनालसहित उच्च अधिकारीहरूको उपस्थिति रहनेछ। देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले छलफल आयोजना गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भारत, चीन, अमेरिका, जापान र बेलायतसहित एक दर्जनभन्दा बढी देशका राजदूतहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाइएको छ। यसअघि नयाँ प्रधानमन्त्रीहरूले पदभार सम्हालेपछि व्यक्तिगत रूपमा राजदूतहरुसँग छुट्टाछुट्टै भेट गर्ने परम्परा रहेको भए पनि बालेनले व्यक्तिगत भेटमा रुचि नदेखाई सामूहिक छलफललाई प्राथमिकता दिएका छन्। उनका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार यसपटकको सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड स्थापित गर्ने विश्वास गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments