राष्ट्रपति पौडेलद्वारा मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर

15 घन्टा पहिले प्रकाशित

काठमाडौं, चैत्र २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र साह (बालेन)को सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गरेका छन्। संविधानको धारा ७६ को उपधारा (९) अनुसार चैत १३ गते गठित मन्त्रिपरिषद्मा यो परिवर्तन गरिएको हो। मन्त्रीहरूको कार्यविभाजन भने यथावत राखिएको जनाइएको छ। नयाँ मर्यादाक्रमअनुसार प्रधानमन्त्री साहपछि वरिष्ठताका आधारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो स्थानमा रहेका छन्।

यसैगरी परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठपछि गृहमन्त्री सुधन गुरुङको नाम आएको छ। सुरुमा गृहमन्त्री गुरुङ तेस्रो वरियतामा थिए तर नयाँ व्यवस्थामा चौथो स्थानमा पुगेका छन्। हालको १५ सदस्यीय मन्त्रिपरिषद्मा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह अन्तिम अर्थात् १५औँ नम्बरमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?