पटना-राजगीर बीच नयाँ एक्सप्रेस ट्रेन : ६ अप्रिलदेखि नियमित सेवा, पर्यटकलाई सहज
14 घन्टा पहिले प्रकाशित
एजेन्सी, चैत्र २२ गते । बिहारको नालन्दा जिल्लाको राजगीर अब अन्तर्राष्ट्रिय पर्यटन स्थल बनेको छ। यहाँ देशका विभिन्न भाग तथा विदेशबाट पनि पर्यटक घुम्न आउँछन्। तर पटना हुँदै राजगीर पुग्न पर्यटकहरूलाई धेरै पटक सास्ती बेहोर्नुपर्ने अवस्था थियो। अब रेलवेले यसलाई सहज बनाउन नयाँ एक्सप्रेस ट्रेन चलाउने निर्णय गरेको छ।
पूर्व मध्य रेलवेले यात्रुको सुविधालाई ध्यानमा राख्दै पटना र राजगीरबीच नयाँ एक्सप्रेस ट्रेन (ट्रेन नं. १३३५४/१३३५३) नियमित रूपमा चलाउने भएको छ। यो ट्रेन ६ अप्रिलदेखि नियमित सेवा सुरु गर्नेछ। पटना जंक्शनबाट बिहान ९ः२० बजे छुट्ने यो ट्रेन दिउँसो १२ः४५ बजे राजगीर पुग्नेछ। फर्किँदा राजगीरबाट दिउँसो ३ः१० बजे छुटेर साँझ ७ः०५ बजे पटना आइपुग्नेछ। ट्रेनले ११ स्टेसनमा रोक्नेछ। यसअघि चलिरहेको स्पेसल ट्रेन सेवा भने ६ र ७ अप्रिलदेखि बन्द हुनेछ। राजगीर स्टेसन प्रबन्धक शशिभूषण सिन्हाले यो ट्रेनले पर्यटक र स्थानीय यात्रुलाई ठूलो राहत दिने बताएका छन्।
कमेन्ट गर्नुहोस्
view comments