व्यवसायी सुलभ अग्रवाल अनुसन्धानका लागि नियन्त्रणमा : शङ्कर ग्रुपका सञ्चालकलाई सम्पत्ति शुद्धीकरण विभागले बयानका लागि समात्यो
14 घन्टा पहिले प्रकाशित
काठमाडौं, चैत्र २२ गते । व्यवसायी सुलभ अग्रवाललाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई नियन्त्रणमा लिएको हो। बयानको लागि अग्रवाललाई नियन्त्रणमा लिइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरले बताएका छन्।
अग्रवाल शङ्कर ग्रुपका सञ्चालक हुन्। उनका बुवा शङ्कर अग्रवाललाई विभागले शुक्रबार साँझ पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। विभागले दुवैको बयान लिएर थप अनुसन्धान अघि बढाउने जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments