डीपी अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित
14 घन्टा पहिले प्रकाशित
काठमाडौं, चैत्र २२ गते । प्रतिनिधिसभाको सभामुखमा डोल प्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित भएको घोषणा भएको छ। आज बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्। गत शुक्रबार सभामुख पदमा उम्मेदवारको मनोनयन गर्ने तालिका थियो। त्यसदिन अर्यालको मात्रै उम्मेदवारी परेको थियो।
प्रतिनिधिसभामा रास्वपाको स्पष्ट बहुमत भएकाले प्रतिपक्षी दलहरूले सभामुख पदमा उम्मेदवारी दिएनन्। २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मात्रै १८२ सांसद छन्। नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ सांसद छन्। सभामुख चयन भएसँगै अब उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ। सभामुख अर्यालको शपथ ग्रहण आजै दिउँसो साढे २ बजे शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले गराउने कार्यक्रम छ। त्यसपछि उनी आजै कार्यकक्ष पुगेर पदभार ग्रहण गर्नेछन्।
कमेन्ट गर्नुहोस्
view comments