गृहमन्त्री सुधन गुरुङ केएमसी अस्पताल पुगेर जेनजी आन्दोलनका घाइतेसँग भेट : निःशुल्क उपचारको व्यवस्था
15 घन्टा पहिले प्रकाशित
काठमाडौं, चैत्र २० गते । गृहमन्त्री सुधन गुरुङ जेनजी आन्दोलनका घाइतेहरूको अवस्था बुझ्न केएमसी अस्पताल पुगेका छन्। गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण सक्नेबित्तिकै गृहमन्त्री गुरुङ सिधै अस्पताल पुगेर घाइतेहरूसँग भेटघाट गर्दै स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।
घाइतेहरूको उपचारमा सक्रिय रूपमा खटिएका पूर्वसांसद डा. सुनिल शर्माले अधिकांश घाइतेलाई निःशुल्क उपचार सेवा उपलब्ध गराइरहेको जानकारी दिए। उनले गृहमन्त्रीसँग भने, ‘तपाईं आउनुभयो, बिरामीको अवस्था बुझिरहनुभएको छ। यहाँ घाइते भएका सबैको उपचार मैले निःशुल्क गर्ने व्यवस्था मिलाएको छु।’ गृहमन्त्री गुरुङले घाइतेहरूको घाउमा ‘मलम’ लगाउने काम गरेको भन्दै डा. शर्मालाई अंकमाल गर्दै धन्यवाद व्यक्त गरेका थिए।
कमेन्ट गर्नुहोस्
view comments