भारत सरकारले नेपालमा ७ सामुदायिक विकास परियोजना कार्यान्वयन गर्ने : समझदारीपत्रमा हस्ताक्षर
15 घन्टा पहिले प्रकाशित
काठमाडौं, चैत्र २० गते । भारत सरकारले नेपालमा सामुदायिक विकासका सात परियोजना कार्यान्वयन गर्ने भएको छ। त्यससम्बन्धी समझदारीपत्रमा बुधबार हस्ताक्षर भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र यहाँस्थित भारतीय राजदूतावासबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। परियोजनाअन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका–२ मा, तेह्रथुमको लालीगुराँस नगरपालिका–२ मा ‘कोल्ड स्टोर’ निर्माण, मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा जनबल माध्यमिक विद्यालयको भवन, छात्रावास र चमेनागृह निर्माण, कैलालीको गौरीगङ्गा नगरपालिका–११ मा कालिका प्राथमिक विद्यालय भवन निर्माण गरिनेछ। यसैगरी, रौतहटको परोहा नगरपालिका–४ मा प्रसूति केन्द्रको भवन निर्माण, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–७ मा कस्तुरी माध्यमिक विद्यालय र बाँकेको खजुरा गाउँपालिका–४ मा जनकल्याण माध्यमिक विद्यालयको भवन निर्माण गरिनेछ।
कमेन्ट गर्नुहोस्
view comments