विश्व अटिजम जागरूकता दिवस आज मनाइँदै
15 घन्टा पहिले प्रकाशित
काठमाडौं, चैत्र १९ गते । आज विश्व अटिजम जागरूकता दिवस विश्वभर मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घ को आह्वानमा सन् २००७ देखि प्रत्येक वर्ष अप्रिल २ तारिखमा यो दिवस मनाउँदै अटिजम भएका व्यक्तिहरूको अधिकार, सम्मान र समान अवसर सुनिश्चित गर्ने सन्देश दिइँदै आएको छ। यस दिवसले अटिजम भएका व्यक्तिहरूले मानवअधिकार र मौलिक स्वतन्त्रताको पूर्ण उपभोग गर्न पाउनुपर्ने कुरामा समाजका सबै वर्गको भूमिकालाई जोड दिने गरेको छ।
विश्वका विभिन्न देशहरूमा यस अवसरमा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिँदै आएका छन्, जसले अटिजम भएका व्यक्तिहरूप्रति सहानुभूति, समझदारी र सहयोगको वातावरण निर्माण गर्न प्रेरित गर्छ। नेपालमा पनि सरकारी तथा गैरसरकारी निकायहरूले अटिजम सम्बन्धी जानकारी, लक्षण, उपचार र सामाजिक समावेशिताबारे सचेतना फैलाउने कार्य गर्दै आएका छन्। यस अवसरमा सबै सरोकारवाला पक्षले सहकार्य गर्दै अटिजम भएका व्यक्तिहरूको जीवनस्तर उकास्ने र उनीहरूलाई सम्मानजनक जीवनयापनमा सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
कमेन्ट गर्नुहोस्
view comments